मेलम्चीको मुहान ७०० मिटर सार्ने तयारी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मेलम्चीको मुहान ७०० मिटर सार्ने तयारी


२ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल (हेडवर्क्स) सात सय मिटर माथि सार्ने तयारी गरिएको छ ।

मेलम्ची खानेपानी विकास समितिका अनुसार मेलम्चीको हेडवर्क्सबारे एसियाली विकास बैंकले पहिरोग्रस्त क्षेत्रसम्मै विज्ञहरू पुर्‍याएर गरेको अध्ययन प्रतिवेदनमा अहिले हेडवर्क्स रहेको स्थानभन्दा माथि ७ सय मिटर पर मुहानस्थल सार्नुपर्ने निष्कर्ष निकालिएको छ ।

एडीबीले मेलम्चीमा पहिरो गएपछि दुई वर्ष समय लगाएर यो अध्ययन गरेको आयोजनाले जनाएको छ ।

मेलम्चीमा १ असार २०७८ मा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल (हेडवर्क्स) तहसनहस भयो । त्यसयता हरेक वर्ष सरकारले अस्थायी प्रबन्धमार्फत हिउँद महिनामा पानी काठमाडौं वितरण भइहरेको छ ।

वर्षायाममा आयोजनामा क्षति नहोस् भनी सुरुङमा पानी पठाउने मुहान बन्द गरिएको छ । यस वर्ष पनि बाढीले मुहान पुरेको छ । त्यसभित्र कति क्षति भयो भन्ने यकिन भएको छैन । हरेक वर्ष पटके रूपमा हुने यस्तो मर्मतलाई टार्न र स्थायी समाधान निकाल्न मुहान सार्नुपर्ने अध्ययनको निष्कर्ष छ ।

Tags :
प्रतिक्रिया दिनुहोस