काठमाडौँ । काठमाडौँको मुलपानी क्रिकेट मैदानमा नेपालले सिरिजको दोस्रो खेलमा हङकङसँग खेल्न लागेको हो ।
नेपालले दोस्रो खेलमा कप्तान रोहित सहित कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करन केसी, अविनाश बोहरा, श्याम ढकाललाई सुरुआती ११ मा राखेको छ ।
पहिलो खेलमा बुधबार यूएईलाई ७ विकेटले पराजित गरेर नेपालले शानदार सुरुआत गरेको थियो ।
कप्तान रोहित पौडेलको अर्धशतकीय इनिङ्समा नेपालले यूएईलाई हराएको हो ।
टी ट्वान्टी विश्वकप छनोटको तयारी स्वरूप नेपाल क्रिकेट संघ क्यानले सिरिजको आयोजना गरेको हो ।
सिरिजमा नेपाल सहित यूएई र हङकङ समावेश छन् । सिरिजको फाइनल खेल कात्तिक १० गते शुक्रबार त्रिवि मैदान कीर्तिपुरमा हुनेछ ।