दूतावासले भन्यो-इजरायलबाट धेरै नेपाली फर्किनै चाहेनन्  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

दूतावासले भन्यो-इजरायलबाट धेरै नेपाली फर्किनै चाहेनन् 


१ कार्तिक २०८०, बुधबार


काठमाडौँ । प्यालेस्टाइनी समूह हमाससँगको युद्धबाट ग्रस्त इजरायलमा रहेका धेरै नेपालीले स्वदेश फर्किन अस्वीकार गरेका छन् ।

इजरायलको तेल अबिबस्थित नेपाली राजदूतावासका अनुसार आक्रमणको सुरुवाती समयमा अनलाइन नाम दर्ता गराका नेपालीहरू पुनः सम्पर्कमा आउन छाडेका छन् ।

दूतावासका अनुसार मंगलबार भारतले आफ्नो उद्धार विमानमा नेपालीका लागि २० वटा सिट उपलब्ध गराए पनि १८ जना मात्रै सम्पर्कमा आएका थिए ।

दूतावासले नेपाल फर्किन चाहनेहरूका लागि आवश्यक व्यवस्था गर्ने सार्वजनिक सूचना नै जारी गरेको छ । दूतावासले आक्रमण सुरु भएको तेस्रो दिनदेखि नेपाल फर्किन चाहनेको विवरण माग गरेको थियो ।

त्यसरी सूचना जारी गर्दा नाम दर्ता गराएका करिब चार सयभन्दा बढीमध्ये २५४ जना मात्रै पहिलो चरणको उद्धारमा नेपाल फर्किएका थिए । त्यसपछि मंगलबार थप १८ जनालाई भारतीय विमानको सहयोगमा दिल्ली हुँदै नेपाल ल्याइएको छ । पहिलो चरणमा नेपाल फर्किने २५४ जना सबै विद्यार्थी थिए भने यो चरणमा श्रमका लागि गएकाहरू बढी छन् ।

गएको ७ अक्टोबरबाट हमासले इजरायलको दक्षिणी क्षेत्रमा सुरु गरेको रकेट आक्रमणमा नेपालीहरू समेत परेका थिए । त्यसमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने पाँच जना घाइते भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस