ओलीको आक्रोश-‘सदस्यता लिएकै भोलिपल्ट माथिल्लो पदमा पुगूँ भन्ठान्छन्’ « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

ओलीको आक्रोश-‘सदस्यता लिएकै भोलिपल्ट माथिल्लो पदमा पुगूँ भन्ठान्छन्’


१ कार्तिक २०८०, बुधबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेता कार्यकर्ताप्रति असन्तुष्टि जनाएका छन् । दसैँ शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै केही नेता कार्यकर्तालाई सदस्यता लिएकै भोलिपल्ट माथिल्लो पदमा पुग्न अनुशासनहीन प्रवृत्ति देखाउन थालेको उनको भनाइ थियो ।

ओलीले भने, ‘आज समाजमा एउटा प्रवृत्ति छ, जति अनुशासनहीन भयो, जति उच्छृङ्खल भयो, जति जथाभाबी बोल्यो के हुने हो थाहा छैन । महान् हुन खोजेको होला । त्यो प्रवृत्ति छ एउटा । आफूलाई कुछ देखाउनको लागि अनुशासनहीनताको सहारा लिने प्रवृत्ति बढिरहेको छ । हामीलाई कसै कसैलाई हुन्छ नि-सदस्यता लिएको भोलिपल्ट कताकता माथिल्लो पदमा पुगूँ जस्तो ।’

उनले अहिले समाजमा अराजकता, असहिष्णुता र अराजकता बढेको भन्दै चिन्ता व्यक्त गरे ।

ओलीले भने, ‘विभिन्न खालका सङ्कीर्णता, गैर जिम्मेवार खालको अभिव्यक्ति र शैली भइरहेका छन् । समाज विकृत, गैर जिम्मेवार भइरहेको छ । यस्तो अवस्थामा जिम्मेवारी बोध कसरी गर्ने रु अनुशासित भएर कर्तव्य पालनामा लाग्नुपर्छ भनेर कसरी बुझाउने ?’

Tags :
प्रतिक्रिया दिनुहोस