नेपाली काँग्रेस परित्याग गरी कृष्ण कार्की राप्रपा प्रवेश « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

नेपाली काँग्रेस परित्याग गरी कृष्ण कार्की राप्रपा प्रवेश


१ कार्तिक २०८०, बुधबार


काठमाडौँ । नेपाली काँग्रेस  परित्याग गरी कास्की काँग्रेसका नेता कृष्ण कार्की राप्रपा नेपाल प्रवेश गरेका छन् । कार्कीलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका छन्।

पोखरामा व्यवसायी र समाजसेवीको पहिचान बनाएका कार्की नेपाली काँग्रेसको महासमिति सदस्य दिए। काँग्रेसको १२ औँ महाधिवेशनमा कार्की केन्द्रीय कोषाध्यक्ष पदमा निर्वाचन समेत लडेका थिए।

महामन्त्री पदमा मनोनयन गरेपछि अध्यक्ष थापाले उनलाई पार्टीको महामन्त्रीको जिम्मेवारी दिन पाउँदा खुसी लागेको र कार्कीको प्रवेशले राप्रपा नेपाललाई देशको अग्रणी शक्ति बनाउने अभियानमा योगदान पुग्ने विश्वास समेत लिएको प्रतिक्रिया दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस