युएईविरुद्ध टर जितेर फिल्डिङ गर्दै नेपाल « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

युएईविरुद्ध टर जितेर फिल्डिङ गर्दै नेपाल


१ कार्तिक २०८०, बुधबार


काठमाडौँ । नेपाल त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (युएई)विरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

मुलपानीस्थित माथिल्लो मुलपानी मैदानमा हुने खेलका लागि भएको टस जितेर नेपालका कप्तान रोहितकुमार पौडेलले फिल्डिङ रोज्दै युएईलाई ब्याटिङको निम्तो दिए ।

विश्वकप टी-२० छनोटको तयारीअनुरूप हुन लागेको प्रतियोगितामा नेपालसँगै हङकङ र युनाइटेड अरब इमिरेट्स (युएई) सहभागी छन् ।

शृङ्खलाको पहिलो खेलपछि नेपालले २ गते (भोलि) र ४ गते हङकङसँग खेल्नेछ ।

नेपालले कात्तिक ६ मा युएईसँग दोस्रो खेल खेल्नेछ । युएई र हङकङले भने कात्तिक ५ र ८ मा खेल्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस