२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सन्दीपसँग छलफलमा छौँ, यो प्रतियोगितापछि फर्किने आशा छ : पारस खड्का

अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले घरेलु मैदानमा हुने त्रिदेशीय सिरिजले टी–२० विश्वकपको छनोट प्रतियोगिताको तयारीमा नेपाललाई फाइदा मिल्ने विश्वास व्यक्त गरेका छन् । उनले यो प्रतियोगितालाई उदाहरणीय बनाउन प्रयास गर्ने पनि बताए ।

नेपाल, युएई र हङकङबीच भोलिबाट सुरु हुने त्रिदेशीय टी-२० सिरिजको पूर्वसन्ध्यामा क्रिकेट सङ्घले आयोजना गरेको प्रेस मिटमा पारस पत्रकारसामु प्रस्तुत भएका थिए । हालै मात्र क्यानको केन्द्रीय सचिवमा निर्वाचित उनले पहिलो पटक यो प्रतियोगितामा ‘टुर्नामेन्ट डाइरेक्टर’ को भूमिका निभाउने छन् । युएई र हङकङले इच्छा देखाएपछि दसैँको मुखमा भए पनि प्रतियोगिता आयोजना गरिएको उनले बताए ।

पारसका अनुसार मुलपानी क्रिकेट मैदानमा सबै लिग खेलहरू हुनेछन् भने फाइनल खेल त्रिवि मैदानमा हुनेछ । पहिलो पटक मुलपानी मैदानमा टी-२० खेलाउन लागिएको र सबै तयारी भइसकेको उनले जानकारी दिए । उनले प्रतियोगितामा नेपाललाई समर्थन गर्न दर्शकहरूलाई आग्रह गरे ।

प्रतियोगितामा नेपालका प्रमुख स्पिनर सन्दीप लामिछाने अनुपस्थित रहने छन् । यस विषयमा पत्रकारले पारसलाई सोधेका थिए । उनले सन्दीपसँग आफूहरू छलफलमा रहेको बताए ।

पारसले भने, ‘सन्दीपसँग निरन्तर कुराकानी भइरहेको छ । उहाँले योपाली परिवारसँग समय बिताउने इच्छा व्यक्त गर्नुभएपछि हामीले नकार्न सकेनौँ । यो प्रतियोगितापछि उहाँ टिममा फर्किनुहुने आशा लिएका छौँ । हामीले मात्र नभएर क्रिकेटसँग सरोकार राख्ने सबैले आशा राखेका छन् ।’

नेपाली क्रिकेट टीमका कप्तान रोहित पौडेलले सन्दीपको अनुपस्थितले टिममा असर गर्ने बताए । ‘उहाँजस्तो खेलाडी नहुँदा एकदम असर त पर्छ । तर, हामीले राम्रो तयारी गरेका छौँ । राम्रो नतिजा आउने आशा छ ।’

पत्रकार सम्मेलनमा युएईमा कप्तान मोहम्मद वसिम पनि उपस्थित थिए । उनले नेपालको मैदानमा खेल्न पाउँदा आफूलाई सधैँ रमाइलो लाग्ने बताए ।

प्रतिक्रिया दिनुहोस