२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कात्तिक १ गतेदेखि ओपिडी सेवा सञ्चालन हुँदै कैलालीको गेटामा

अ+ अ-

काठमाडौँ । कैलालीको गेटामा कात्तिक १ गतेदेखि ओपिडी सेवा सञ्चालन हुने भएको छ। 

चाहिने जति जनशक्ति र उपकरण नभए पनि उपलब्ध भएकैबाट अस्पतालले सामान्य सेवा सुरु गर्न लागेको हो।

सरकारले गेटामा एक सय शय्याको अस्पताल चलाउन यस वर्ष चालुतर्फ साढे ३ करोड र पुँजीगततर्फ ८० करोड रकम दिएको छ। एक सय शय्या चलाउने निर्णय र बजेटमा उल्लेख भए पनि जनशक्ति र उपकरण भने त्यसका लागि चाहिने जति छैन। 

अहिले २६ जना जनशक्ति गेटा अस्पतालमा हाजिर भएका छन्। न्यूनतम सेवा सञ्चालनका लागि मेडिकल सामान पनि पुगेका छन्।

यस अस्पतालले कात्तिक १ गतेदेखि जनरल ओपिडी, हाडजोर्नी तथा नशा रोग ओपिडी, स्त्रीरोग सेवा ओपिडी, जनरल सर्जरी ओपिडी, अल्ट्रासाउण्ड सेवा, एक्सरे सेवा, प्रयोगशाला सेवा र फार्मेसी सेवा सुरु हुनेछन्। 

अस्पतालले एमसीएच क्लिनिक सेवा कात्तिक महिनाभित्र सुरु गर्ने जनाएको छ। अन्तरङ्ग सेवा र खोप सेवा विस्तार मंसिर महिनाभित्र गर्ने तयारी छ।

पुसमहिनाभित्र इमर्जेन्सी र प्रसूति सेवा सुरु गरिने अस्पतालले जनाएको छ। शल्यक्रिया सेवा चैत महिनाभित्र सुरु गरिने छ। आइसियु तथा एनआइसियू सेवा आगामी वैशाखभित्र सुरु गरिने भनिएको छ। बीमाबाट प्राप्त हुने सेवा प्रक्रियामा रहेको गेटा अस्पतालका निर्देशक प्रमोद जोशीले बताए। 

नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले २०७८ चैत १४ गते ३ सय शय्या रहने गरी आवश्यक प्रबन्ध मिलाई तत्काल अस्पताल सञ्चालन गर्ने निर्णय भएको थियो। 

२०७९ जेठ ३१ गते गेटामा मेडिकल कलेज तथा अस्पताल निर्माण गर्ने निर्णय भएबमोजिम २०८० असोज १२ गते र असोज १६ गते गरी १ सय ४१ जना स्वास्थ्यकर्मीको अस्थायी दरबन्दी संरचना स्वीकृत गरेको थियो। 

चालु आर्थिक वर्षको बजेटमा गेटा अस्पताललाई एक सय शय्याको अस्पतालका रूपमा विकास गर्न पूर्वाधार निर्माण, उपकरण खरिद र जनशक्ति व्यवस्थापनका लागि बजेट व्यवस्था गरेको छ।

प्रतिक्रिया दिनुहोस