१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नागरिकता पाएपछि कुल आचार्यले भने, ‘नेपालको विकासमा यो कोशेढुंगा साबित हुनेछ’

अ+ अ-

काठमाडौँ । सरकारले गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गरेको छ । नागरिकता प्रदान गर्ने अभियानको सुरुमै नागरिकता पाएपछि एनआरएनका अध्यक्ष कुल आचार्यले अत्यन्तै सकारात्मक कार्यको थालनी भएको प्रतिक्रिया दिएका छन् ।

उनले नेपालको विकासमा संसारभरिका नेपालीलाई जोड्ने बाटो खुलेको र त्यो कोशेढुंगा साबित हुने बताए ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्षद्वय कुल आचार्य र बद्री केसीलाई नागरिकता प्रदान गर्दै गैरआवासीय नागरिकता वितरणको सुरुआत गरेका हुन् ।

धेरै मिहेनत र लामो संघर्षपछि नागरिकता लिन सफल भएकोमा खुसी व्यक्त गर्दै उनले भने, ‘पाँच वर्षयता बेलायत भन्दा धेरै समय म नेपालमा बसेर काम गरेको छु । मैले मात्र होइन हाम्रा धेरै अग्रजले समेत गरेको धेरै ठूलो प्रयासपछि आज एउटा सुरुआत भएको छ । यो सुरुवात अत्यन्तै सकारात्मक र नेपालको विकासमा एउटा ठूलो कोशेढुंगा साबित हुने विश्वास छ ।’

नेपालीको मुद्दाको सम्बोधन गर्न आफूले धेरै मेहनत र त्याग गरेको स्मरण गर्दै उनले भने, ‘१५ वर्षको हुँदा बुवालाई गुमाएको मैले उहाँको स्याहार गर्न पाइनँ । ९० वर्षकी आमा, व्यापार र परिवारलाई मैले समय दिन पाएको छैन जति एनआरएनए नेपालीहरूको मुद्दाहरूमा लागेको छु । लामो समयबाट नागरिकता, सामाजिक सुरक्षा कोष, लगानी नेपालीसरह हुनुपर्छ, हामीले पनि मताधिकार पाउनुपर्छ भनेर लागेँ । नीति तथा कार्यक्रममा कसरी गैर आवासीय नेपालीको कुरालाई राख्ने तथा बजेटमा लागेँ । यसका लागि गरेको संघर्ष र मेहनत सानो छैन ।’

लामो समय नेपाली नागरिकताबिहीन भएर बस्दा दुःख लाग्ने गरेको र विविध समस्या भोगेको उल्लेख गर्दै उनले नागरिकता पाएपछि जीवन सरल हुने र आफूहरूले सामाजिक, सांस्कृतिकलगायत अन्य अधिकारहरू पनि पूर्ण रूपमा प्राप्त गर्दै जाने विश्वास व्यक्त गरे ।

उनले भने, ‘एयरपोर्टमा भिसा लगाउँदै गर्दा र विदेशी पासपोर्ट बोकेर आउँदै गर्दा बहुत दुःख लाग्थ्यो । एनआरएनएको कार्ड लिइसकेपछि पनि त्यसमा छाप लगाउँदा होस् वा नेपालबाट फर्कने क्रममा एक दिनको लागि भिसा थप्न परे पेनाल्टी तिर्न पर्थ्यो । नेपाली भएर त्यो पेनाल्टी तिर्दा खेरी चित्त दुखाएर फर्किन पर्थ्यो । अब त्यो बन्द भएको छ र गैरआवासीय नेपाली नागरिकताले सामाजिक, आर्थिक, सांस्कृतिक अधिकार पूर्ण रूपमा प्राप्त गर्नेछ । दुःखका दिन अलि पर सर्नेछन् र नेपालको माया गर्ने नेपाली अलि जोडिनेछन् भन्ने लाग्छ ।’

प्रतिक्रिया दिनुहोस