आज नेपाल र लाओस खेल्दै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

आज नेपाल र लाओस खेल्दै


३० आश्विन २०८०, मंगलबार


काठमाडौँ । फिफा विश्वकप २०२६ को प्रारम्भिक छनोट अन्तर्गत दोस्रो लेगको खेलमा नेपालले आज लाओससँग खेल्दैछ ।

खेल लाओसको भिएनतिएनेस्थित न्यु लाओस नेशनल स्टेडियममा नेपाली समय अनुसार बेलुका पौने ६ बजे सुरु हुनेछ ।

बिहीबार काठमाडौंमा भएको पहिलो लेगको खेलमा नेपालले लाओससँग १–१ को बराबरी खेलेको थियो । दोस्रो चरणमा पुग्नका लागि नेपालले दोस्रो लेगमा लाओसलाई हराउनै पर्ने हुन्छ ।

दोस्रो लेगको खेलमा विजयी हुने टिम विश्वकप एसिया छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछ । जहाँ कूल ३६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । उनीहरूलाई ४–४ टोली रहने गरी ९ समूहमा विभाजन गरिनेछ । त्यसैले आजको खेल नेपाली फुटबलको भविष्यका लागि निकै महत्त्वपूर्ण रहेको छ ।

नेपाल र लाओसबीचको विजेता नै दोस्रो चरणमा युएई र बहराइन रहेको समूह ‘एच’मा पर्नेछ ।

आजको खेलमा नेपाल लाओसविरुद्ध जित निकाल्ने दाउमा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस