भारतमा हाइ पर्फमेन्स क्याम्प सकेर नेपाल फर्किँदै नेपाली टोली « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

भारतमा हाइ पर्फमेन्स क्याम्प सकेर नेपाल फर्किँदै नेपाली टोली


२९ आश्विन २०८०, सोमबार


काठमाडौँ । भारतको नागपुरमा हाइ पर्फमेन्स क्याम्प सकेर नेपाली राष्ट्रिय क्रिकेट टिम आज सोमबार स्वदेश फर्कने भएको छ ।

टी–२० विश्वकप एसिया क्षेत्र छनोटको तयारीमा रहेको नेपाली टोलीले भारतको नागपुरमा राजस्थान रोयल्सको एकेडेमीमा क्याम्प राखेको थियो ।

नेपालको टिम दिल्ली एयरपोर्ट हुँदै नेपाल आइपुग्ने नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ ।

नेपाली टोलीले कात्तिक १ गतेबाट हङकङ र युएईसँग त्रिकोणात्मक सिरिज खेल्नेछ ।

कात्तिक १३ गतेबाट हुने एसियन क्षेत्र छनोट अघि नेपालले तयारी स्वरूप त्रिकोणात्मक सिरिज खेल्न लागेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस