२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साढे एक लाख मानिसले छाडे काठमाडौँ

अ+ अ-

काठमाडौँ । दसैँ मनाउनका लागि तीन दिनमा एक लाख ५० हजार यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन्।

घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र सङ्घ-संस्था बन्द भएपछि दसैँ मनाउनका लागि यात्रु गाउँ फर्किन थालेका हुन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले पछिल्लो तीन दिनमा एक लाख ५० हजार ३०९ यात्रु उपत्यकाबाट बाहिरिएका छन्।

उनका अनुसार आइतबार बिहानदेखि सोमबार बिहान ६ बजेसम्म ५१ हजार ३८७ यात्रु बाहिरिएका छन्। शनिबार बिहानदेखि आइतबार बिहानसम्म ५१ हजार २७९ र शुक्रबार बिहानदेखि शनिबार बिहानसम्म ४७ हजार ६४३ यात्रु बाहिरिएका हुन्।

ट्राफिक प्रहरीले २४ घण्टाको रेकर्ड राख्ने गरेको छ। दसैँको दोस्रो दिन चलिरहँदा बाहिरिनेको संख्या बढिरहेको एसएसपी भट्टले जानकारी दिए।

ट्राफिक प्रहरीले उपत्यकाबाट बाहिरिने यात्रुको सहजताका लागि काठमाडौं उपत्यकाभित्रका १५ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ, ’उनले भने, ‘यातायात सहजताका लागि उपत्यकाभित्र एक हजार आठ सय जनशक्ति परिचालन गरिएको छ।’

नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउदेश्यीय प्रालिका प्रवक्ता पङ्कज मल्लले दैनिक २५ हजारभन्दा बढी यात्रु बाहिरिएको जानकारी दिए।

‘लामो तथा मध्यम दूरीका सवारीसाधनमा अत्याधिक भीड लागेको छ, हामीले अहिले नयाँबसपार्कबाट बस छुट्ने समयसमेत अन्य समयको भन्दा अगाडि सारेका छौँ, ’उनले भने।

दसैँका लागि हालसम्म ७० हजार यात्रुले अग्रिम टिकट काटिसकेको लोत्से बहुउदेश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले बताए।

दसैँका लागि यातायात व्यवस्थापनलाई सहज बनाउन असोज २६ गतेदेखि देशैभरका सार्वजनिक सवारी साधनमा रुट परमिटसमेत खुला गरिसकेको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले अहिलेको अवस्था हेर्दा विगतका वर्षभन्दा यस पटक धेरै यात्रुहरू बाहिरिने अनुमान छ।

प्रतिक्रिया दिनुहोस