२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विभेद विरुद्ध सतिसालझैँ उभिन्छौं : रवि लामिछाने

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी विभेद विरुद्ध सतिसालझै उभिने बताएका छन् ।

सोमबार रास्वपाको ‘नीति मन्थन’ उद्घाटनमा उनले विभेदलाई अंगिकार गरेर अगाडि बढेको समाजमा मान्छेलाई बस्न लायक नहुने चर्चा गर्दै भविष्यको पुस्ताका लागि विभेदरहित समाजको पैरवी गर्न रास्वपा प्रतिबद्ध भएर अगाडि बढ्ने बताए ।

विभेदलाई अंगिकार गरेर अगाडि बढेको समाज मान्छे बस्ने समाज नभएको उल्लेख गर्दै उनले थपे, ‘आज कतिपय विकसित देशहरू हाम्रो र आउँदै गरेको पुस्ताको सपनाको देश बनेका छन् नि ती देशहरूमा यदि विभेदको एक थोपो पनि चुहाइदिने हो भने ती ठाउँहरू बस्न लायक ठाउँ हुने छैनन् । त्यसकारण विभेदका विरुद्धमा हामी सति सालझैं खडा भएको प्रतिबद्धता व्यक्त गर्छु ।’

उनले समाजलाई विभेदमा राखेर विकास सम्भव नहुने भन्दै आफ्नो पार्टी विभेदका विरुद्ध निर्मम भएर लाग्ने बताएका छन् ।

‘समाजलाई विभेदमा राखिरहेर विकास वा संवृद्धिको परिकल्पना गर्नु भनेको त्यो दिवा सपना हो । त्यसकारण हामी यसमा निर्मम छौं र विभेदरहित समाजको पैरवी गर्नको लागि कटिबद्ध र प्रतिबद्ध छौ,’ लामिछानेले भने ।

उनले रास्वपाले आफ्नो नीति निर्माणका लागि आम जनतामा पुगेर आम नागरिकको विचार प्रशस्तै सुनेको तथा त्यहाँबाट प्राप्त सुझावको आधारमा नीति मन्थनमा समावेश गरेको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस