१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल बढ्यो

अ+ अ-

लमजुङ । चक्रीय अन्नपूर्ण पदमार्गमा यति बेला पर्यटकको चहलपहल बढ्न थालेको छ। केही समय अघिसम्म सुनसान रहेको यस पदमार्गमा यति बेला पर्यटकीय याम सुरु भएसँगै पर्यटकको चहलपहल बढेको हो।

यति बेला दैनिक दुई सयभन्दा बढी विदेशी पर्यटकको आगमन भइरहेको मनाङ धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रका इन्चार्ज भूपेन्द्र गुरुङले बताए। उनका अनुसार तिहारको बीचमा अझै पर्यटक बढ्दै जानेछन्।

यस पदमार्गमा पर्ने मर्स्याङ्दी गाउँपालिका–४ का पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले भने, ‘पर्यटकको आगमन ठप्प भएसँगै फुर्सदिला बनेका हामी यति बेला पर्यटक आगमन बढ्न थालेसँगै उनीहरुका लागि व्यस्त भइरहरेका छौँ।’

पदमार्गमा पर्यटकको चहलपहल बढेसँगै आफू मात्र नभई यस क्षेत्रमा रहेका पर्यटन व्यवसायी हर्षित भएको उनको भनाइ छ। पर्यटक नआउँदा आम्दानी शून्यजस्तै भए पनि यति बेला दैनिक रु ३० देखि ४० हजारसम्म कमाइ हुने गरेको उनले सुनाए।

त्यस्तै, अर्का पर्यटन व्यवसायी मेखबहादुर गुरुङका अनुसार पर्यटक बढेसँगै आम्दानीसमेत वृद्धि हुँदै गइरहेको छ। यति बेला पर्यटक आगमन बढ्दा दैनिक रु ३०/३५ हजारसम्म आम्दानी हुने गरेको उनको भनाइ छ। बर्खा लागेसँगै पदमार्गमा आउने पर्यटकलाई समस्या हुनाले पर्यटक यस अघिसम्म आएका थिएनन्।

यस पदमार्ग आसपासमा सयौँ सङ्ख्यामा होटेल व्यवसाय सञ्चालनमा रहेका छन्। अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङको चौतारा हो। यस पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी पाँच जिल्ला जोडिएका छन्।

विदेशी पर्यटक हिमाल र पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न र मनाङबाट थोराङ भञ्ज्याङ उक्लेर मुस्ताङ हुँदै पोखरा जान अन्नपूर्ण पदमार्गमा आउँछन्। मनाङका विभिन्न हिमाल एवं चुली चढ्न तथा हेर्न पर्यटक भित्रिन्छन्। सन् २०२३ सुरु भएयता हालसम्म १४ हजार दुई सय १४ पर्यटक यस पदमार्गमा आएका छन्।

सो पदमार्गमा सबैभन्दा बढी इजरायल, फ्रान्स, जर्मनीलगायतका देशका नागरिक आएको उक्त केन्द्रले जनाएको छ। केन्द्रका अनुसार यति बेला दैनिक विदेशीभन्दा आन्तरिक पर्यटक बढी आउने गरे पनि यकिन तथ्याङ्क भने छैन। यस पदमार्गमा विदेशी र आन्तरिकको भरिभराउले व्यवसायी उत्साहित बन्न थालेका छन्।

प्रतिक्रिया दिनुहोस