१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इजरायलको निकासी योजना ‘पूर्णत: असम्भव’ : बोरेल

अ+ अ-

बेइजिङ । युरोपेली युनियन (इयु) का विदेश नीति प्रमुख जोसेप बोरेलले उत्तरी गाजाबाट एकै दिनमा १० लाखभन्दा बढी मानिसलाई बाहिर निकाल्ने इजरायलको योजना कार्यान्वयन गर्न पूर्णरूपमा असम्भव रहेको शनिबार बताएका छन् ।

इजरायलको इतिहासमा सबैभन्दा घातक हमलाको बदला लिन प्यालेस्टिनी इस्लामिस्ट सङ्गठनविरुद्ध अपेक्षित जमिन आक्रमण गर्नुअघि इजराइलले उत्तरी गाजाका बासिन्दाहरूलाई सो स्थान खाली गर्न चेतावनी दिएको छ ।

‘युरोपेली युनियनको अधिकारीको प्रतिनिधित्व गर्दै यो (खाली गराउने योजना) कार्यान्वयन गर्न पूर्णरूपमा असम्भव रहेको म भन्छु’, चीनको तीन दिने कूटनीतिक भ्रमणको अन्तिम दिन बेइजिङमा बोरेलले पत्रकारहरूसँग भने, ‘गाजा जस्तो परिस्थितिमा २४ घण्टाभित्र १०लाख मानिसलाई सार्न सकिन्छ भनेर कल्पना गर्नु मानवीय सङ्कट मात्र हुन सक्छ ।’

युरोपेली युनियनका प्रमुख उर्सुला भोन डेर लेयेनले इजरायलको भ्रमणका क्रममा शुक्रबार इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुलाई समर्थन रहेको बताएका थिए । ‘युरोप इजरायलको पक्षमा उभिन्छ’, इजराइललाई आफ्ना नागरिकहरूको रक्षा गर्ने कर्तव्य थियो भन्दै उनले भने ।

तर आफ्नो रक्षा गर्ने प्रक्रियामा इजराइल पनि अन्तर्राष्ट्रिय कानूनको पालना गर्न बाध्य हुन्छ भन्ने बेइजिङमा बोरेलको टिप्पणीले त्यस्तो पुष्टिमा सीमा निर्धारण गरेको देखिएको छ ।

‘स्थिति स्पष्ट छ, हामी वास्तवमै आफ्नो रक्षा गर्ने इजरायलको अधिकारको रक्षा गर्छौँ’, बोरेलले भने, ‘तर कुनै पनि अधिकारको कुरा गर्दा यसमा सीमा हुन्छ र यो सीमा भनेको अन्तर्राष्ट्रिय कानून हो ।’

प्रतिक्रिया दिनुहोस