काठमाडौँ । जिल्ला अदालत काठमाडौँले तीनकुनेमा चार जनाको ज्यान जानेगरी भएको सामूहिक हत्याको घटनामा संलग्न भएको आरोप लागेका सञ्जय भण्डारीलाई थुनामा राख्न आदेश दिएको छ ।
न्यायाधीश दीनबन्धु बरालको इजलासले भण्डारीलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने भनी आदेश गरेको हो ।
गत २९ भदौमा तीनकुनेस्थित फर्निचर गोदाममा चार जनाको हत्या गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोकको बाह्रबीसे-९ का भण्डारी विरुद्ध मुद्दा दायर गरेको थियो ।
घटनामा संलग्नता देखिने पर्याप्त आधार भएको भन्दै न्यायाधीश बरालले भण्डारीलाई थुनामा पठाउन आदेश गरेको, काठमाडौँ जिल्ला अदालतले बताइएको छ ।