काठमाडौँ । विद्युत् विधेयक, २०८० लाई दफावार छलफलको लागि पूर्वाधार विकास समितिमा पठाइएको छ ।
शुक्रबारको प्रतिनिधि सभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले समितिमा पठाउने प्रस्ताव पेस गरेका थिए ।
उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । विधेयकमाथि समितिमा छलफल हुनेछ ।