विपद् व्यवस्थापनमा अझ धेरै काम गर्न बाँकी छ : मन्त्री श्रेष्ठ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

विपद् व्यवस्थापनमा अझ धेरै काम गर्न बाँकी छ : मन्त्री श्रेष्ठ


२६ आश्विन २०८०, शुक्रबार


काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बढ्दो प्राकृतिक प्रकोपको क्षतिलाई हेर्दा विपद् व्यवस्थापनको क्षेत्रमा अझ धेरै काम गर्न बाँकी रहेको महसुस हुने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित पहिरो, भूकम्पको पूर्वसूचना न्यूनीकरणको आधार कार्यक्रममा उनले विपद् व्यवस्थापन विपद्, प्रकोप घटाउने कुरामा मात्र सीमित नभई देश विकासको प्रमुख जगको रूपमा रहेको बताए ।

‘हरेक वर्ष बाढी पहिरोबाट हुने गरेको क्षतिले विपद् व्यवस्थापनको क्षेत्रमा अझ धेरै काम गर्न बाँकी रहेको कुरालाई प्रस्ट्याइरहेको छ’ उनले भने ।

ठूलो लगानी रहेका पूर्वाधारका योजनाहरूलाई सुरक्षित बनाउन आवश्यक रहेको मन्त्री श्रेष्ठको भनाइ थियो ।

उनले नेपाल सरकार यो तथ्यलाई महसुस गर्दै आवश्यक नीति बनाउन सधैँ तत्पर रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस