प्रतिनिधिसभा बैठक आज पनि बस्दै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रतिनिधिसभा बैठक आज पनि बस्दै


२६ आश्विन २०८०, शुक्रबार


काठमाडौँ। प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो २ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।

आजको बैठकमा सांसदहरुले उठाएको मौखिक तथा लिखित प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीले टेबुल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची पनि रहेको छ ।

यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् विधेयक, २०८० दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्ने छन् ।

बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकमा १० वा त्योभन्दा बढी बैठकमा अनुपस्थित संसद् सदस्यको सूचना पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस