विश्वकप क्रिकेट दक्षिण अफ्रिकाद्वारा अस्ट्रेलियालाई ३ सय १२ रनको लक्ष्य « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

विश्वकप क्रिकेट दक्षिण अफ्रिकाद्वारा अस्ट्रेलियालाई ३ सय १२ रनको लक्ष्य


२५ आश्विन २०८०, बिहिबार


काठमाडौँ । आईसीसी एक दिवसीय क्रिकेट विश्वकपमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ३ सय १२ रनको लक्ष्य दिएको छ ।

लखनउमा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ११ रन बनायो । दक्षिण अफ्रिकाका क्विन्टन डी ककले शतक बनाए । उनी १ सय ९ रन बनाएर आउट भए । यस्तै एडन मारक्रमले ५६ र कप्तान तेम्बा बभुमाले ३५ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका मिचेल स्टार्क र ग्लेन म्याक्सवेलले २- विकेट लिए ।

दुवै टोलीको यो दोस्रो खेल हो । दक्षिण अफ्रिकाले पहिलो खेलमा श्रीलङ्कालाई हराउँदा अस्ट्रेलिया भारतसँग पराजित भएको थियो । दक्षिण अफ्रिका अङ्क तालिकाको चौथो स्थानमा छ भने अस्ट्रेलिया सातौँ स्थानमा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस