विल विजक भन्दा बढी तथा फरक लत्ताकपडा बोकेको ट्रक नियन्त्रणमा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

विल विजक भन्दा बढी तथा फरक लत्ताकपडा बोकेको ट्रक नियन्त्रणमा


२५ आश्विन २०८०, बिहिबार


काठमाडौँ । पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका १७ स्थित आईसीपी ईलाकाबाट असोज २४ गते सशस्त्र प्रहरीले प्रज्ञापन पत्रमा उल्लेख भएभन्दा बढी र फरक सामान बोकेको लत्ताकपडासहित ट्रक नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म अलौले बिरगंजबाट काठमाडौँतर्फ आउँदै गरेको ना ८ ख ३९७८ नम्बरको माल वाहक ट्रक नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएको लत्ताकपडाको भन्सार प्रज्ञापन पत्रमा भने ९८ लाख ३७ हजार ३ सय ६ रुपैयाँ कायम रहेको छ ।

नियन्त्रणमा लिइएको ट्रक बरामद लत्ताकपडासहित आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस