२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शैक्षिक गुणस्तर सुधारमा खाँडादेवी गाउँपालिकाको अभियान, गाउँ शिक्षा योजना निर्माण

अ+ अ-

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारको लागि अभियान नै सुरु गरेको छ ।

गाउँपालिकाले सो अभियान अन्तर्गत गाउँ शिक्षा योजना बनाउन लागेको छ । सो गाउँपालिकाले गाउँपालिकाको व्यवस्थित शिक्षा योजना निर्माण गरी योजना अनुसार शैक्षिक सुधारका काम गर्ने भएको छ ।

शिक्षा योजना निर्माणका लागि गाउँपालिकाले जनप्रतिनिधि, सरोकारवाला तथा विषय विज्ञ सहितको कार्यशाला आयोजना गरेको छ । दुई दिनसम्म चलको कार्यशालाले शिक्षा योजनाको प्रारम्भिक ड्राफ्ट तयार गरेको छ भने गाउँ शिक्षाको लक्ष पनि निर्धारण गरेको छ ।

सो विषयमा थपा काम गर्नको लागि विभिन्न पाँच वटा समिति बनाइएका र ती समितिले काम गरी पुससम्ममा गाउँपालिकाको शिक्षा योजनालाई अन्तिम रूप दिने गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ बताए । पुसमा हुने गाउँ सभाले गाउँ शिक्षा योजना पास गरेपछि सो योजना कार्यान्वयनमा आउने उनले जानकारी दिए । ‘शिक्षाको गुणस्तर सुधारको लागि आमूल परिवर्तन आवश्यक छ, पुसमा योजना पास गरेपछि कार्यान्वयनमा आउँछ, यसै वर्षको पनि शिक्षा क्षेत्रमा छुट्याएको बजेट सोही योजनालाई सम्बोधन गर्ने गरी खर्च हुन्छ, अर्को आर्थिक वर्षबाट शिक्षाको सबै बजेट शिक्षा योजना भित्र रहेर विनियोजन र खर्च गरिने छ’, उनले भने ।

गाउँपालिकाले शिक्षा योजनासँगै स्थानीय पाठ्यक्रम निर्माण र कार्यान्वयनको पक्रिया पनि अघि बढाएको छ । कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनकोका काम पनि शिक्षा योजनासँगै जोडेर अघि बढाइएको श्रेष्ठले बताए । त्यसको लागि विद्यालयका प्रधानाध्यापक, नेपाली तथा सामाजिक विषयका शिक्षक, स्वस्थापन समिति, जनप्रतिनिधि तथा शिक्षासँग सरोकार राख्ने व्यक्तिसँग बैठक तथा छलफल गरी त्यसको पनि ड्राफ्ट तयार गर्ने काम भएको उनले बताए ।

सो गाउँपालिकाले यस वर्षलाई शिक्षाको वर्षको रूपमा लिएको छ । गएको वर्ष कृषिको वर्षको रूपमा विशेष कार्यक्रम गरेको खाँडादेवी गाउँपालिकाले यस वर्षलाई शिक्षा वर्ष घोषणा गरी शिक्षा सुधारका विभिन्न कार्यक्रम सुरु गरेको छ ।

कार्यक्रम अन्तर्गत सीमान्तकृत माझी र थामी समुदायको लागि विद्यालयमा नै आवास, अन्य विद्यार्थीको लागि डे बोडस, विद्यालयमा पढ्ने सम्पूर्ण विद्यार्थीका लागि खाजा, प्रधानाध्यापकको लागि सुविधा सहितको अनिवार्य विद्यालय आवास, माथिल्लो योग्यताका शिक्षकको लागि विशेष भत्ता लगायतका कार्यक्रम गाउँपालिकाले सुरु गरेको छ । ‘शिक्षा योजना अघिल्लै वर्ष बनाएन पाएको भए यस वर्ष धेरै काम गर्न सकिने रहेछ, ढिलै भए पनि हामीले काम सुरु गरेका छौँ, माघबाट योजना बनेर कार्यान्वयनमा आउँछ’, श्रेष्ठले भने ।

गाउँपालिकाले शिक्षकलाई प्राथमिकतामा राखेर काम गर्ने भनेको र गरिरहेको भए पनि टेक्ने आधार नभएकोले शिक्षा योजना बनाउन लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण लामिछानेले बताए । ‘नीति बनाएपछि त्यसैमा टेकेर काम गर्न सजिलो हुन्छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस