सरकारी कामकाजको लागि तामाङ र नेपाल भाषाले पायो मान्यता « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

सरकारी कामकाजको लागि तामाङ र नेपाल भाषाले पायो मान्यता


२३ आश्विन २०८०, मंगलबार


काठमाडौँ । तामाङ र नेवार जातिको बाक्लो बसोबास रहेको बागमती प्रदेशको सरकारी कामकाजको लागि अब तामाङ तथा नेपाल भाषाको प्रयोग हुने भएको छ । बागमती प्रदेश सभा बैठकले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० लाई पारित गरेसँगै अब बागमती प्रदेशको सरकारी कामकाजको लागि नेपालीसहित नेपाल र तामाङ भाषाले पनि मान्यता पाउने भएको हो ।

प्रदेशसभा बैठकले प्रदेश सन्चारमाध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक पनि पारित गरेको छ ।

बागमती प्रदेशमा रहेका तामाङ तथा नेवार जातिका मानिसहरूले प्रयोग गर्ने मातृ भाषाको रूपमा रहेको नेपाल तथा तामाङ भाषालाई सरकारी कामकाजको लागि प्रयोगमा ल्याउन पाइने भएपछि काठमाडौँ उपत्यका सहित तथा तामाङ बाहुल्य रहेको बागमतीको अधिकांश जिल्लामा कार्यसम्पादन गर्न थप सहजता हुने विश्वास भएको प्रदेशसभा सांसदहरुले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस