सेवाग्राहीलाई निःशुल्क अटोरिक्सा « प्रशासन
Logo ५ श्रावण २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सेवाग्राहीलाई निःशुल्क अटोरिक्सा


२३ आश्विन २०८०, मंगलबार


काठमाडौँ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सेवाग्राहीका लागि निःशुल्क अटोरिक्सा सञ्चालन गरेको छ । नगरपालिकाले शकरपुरदेखि तिलोत्तमा नगरपालिकाको कार्यालयसम्म जाने आउने सेवाग्राहीहरूका लागि निःशुल्क अटो सञ्चालनमा ल्याएको हो ।

तिलोत्तमा नगरपालिका मेयर रामकृष्ण खाँण र उपमेयर जागेश्वदेवी चौधरीले महिला चालक इन्द्रकला श्रेष्ठलाई साँचो हस्तान्तरण गरेर निःशुल्क अटोरिक्साको शुभारम्भ गरेका छन् ।

भौतिक र मानवीय विकासमात्रै नभई नगरवासीलाई सेवा दिन निःशुल्क अटोरिक्सा सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । 

नगरपालिकाको कार्यालय मुख्य सडकदेखि करिब १ किलोमिटर भित्र भएकाले सेवा लिन आउँदा धेरै दुःख भएकाले अटोरिक्सा सञ्चालन गरिएको नपाले जनाएको छ । नपाले निःशुल्क अटोरिक्साको चालकमा महिला छन् ।

तत्काललाई एउटा मात्रै अटोरिक्सा सञ्चालनमा ल्याइएको र पछि आवश्यकताअनुसार बढाउँदै लगिने बताइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस