विश्वकपमा बंगलादेशविरुद्ध इंल्याण्डका मालनको शतक « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

विश्वकपमा बंगलादेशविरुद्ध इंल्याण्डका मालनको शतक


२३ आश्विन २०८०, मंगलबार


काठमाडौँ । विश्वकप क्रिकेटमा इंल्याण्डका डेविड मालनले बंगलादेशविरुद्ध शतक बनाएका छन् ।

धर्मशालामा टस हारेर ब्याटिङको निम्तो पाएको इंल्याण्डका ओपनर मालनले ९१ बलमा शतक पूरा गरेका हुन् । जोनी बेयरस्टोसँग मिलेर इंल्याण्डलाई राम्रो सुरुवात दिलाएका उनले पहिलो विकेटका लागि ११५ रनको साझेदारी गरेका थिए ।

बेयरस्टो ५२ रनमा आउट भएपछि तेस्रो नम्बरमा आएका जोए रुटले मालनलाई साथ दिए ।

मालन १४० रनमा मेहन्दी असनको बलमा बोल्ड भए । त्यसक्रममा १०७ बल खेलेका उनले १६ चौका र ५ छक्का हाने ।

Tags :
प्रतिक्रिया दिनुहोस