चिरख्वा हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

चिरख्वा हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला


२३ आश्विन २०८०, मंगलबार


काठमाडौँ । चिरख्वा हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेको छ ।

यसअघि आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीलाई आईपीओ निष्कासन गरी बाँडफाँट गरी सर्वसाधारणलाई प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका आठ लाख ५९ हजार ३०० कित्ता आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले स्थानीय बासिन्दालाई निष्कासन गरेको सेयरमा आवेदन नपरेकोसहित सर्वसाधारणका लागि बिक्री सुरु गरेको हो ।

कम्पनीले निष्कासन गरेको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा एक लाख कित्ताका लागि आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले आईपीओमा असोज २६ गतेसम्म आवेदन दिन सकिनेछन् । सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्कासन अवधि कात्तिक ३ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक आरवीवी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस