उच्च अदालतले तोक्यो गाउँपालिका अध्यक्षलाई साढे ३ वर्षको जेल सजाय « प्रशासन
Logo १४ जेष्ठ २०८१, सोमबार
   

उच्च अदालतले तोक्यो गाउँपालिका अध्यक्षलाई साढे ३ वर्षको जेल सजाय


२२ आश्विन २०८०, सोमबार


काठमाडौँ । उच्च अदालत बाग्लुङले गाँजा भण्डारण गर्ने गाउँपालिका अध्यक्षलाई साढे ३ वर्षको जेल सजाय सुनाएको छ ।

निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्ती गाँजा भण्डारण गरेको आरोपमा पक्राउ परेर धरौटीमा छुटेका थिए ।

उच्च अदालतका न्यायाधीश मदन पोखरेल र माधवेन्द्र रेग्मीको संयुक्त इजलासले उनलाई साढे ३ वर्ष जेल सजाय तोकेको हो ।

९ महिना अघि जिल्ला अदालत बागलुङले घर्तीलाई ५० हजार जरिवाना र ३ वर्ष ६ महिना जेल सजाय तोकेको थियो । अदालतको फैसला पछि पनि लामो समय उनी फरार थिए ।

०७७ साल असार १२ गते निसीखोला गाउँपालिका ६ को वडा अध्यक्ष हुँदा घर्ती ८० केजी गाँजासहित घरबाटै पक्राउ परेका थिए ।

इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट गएको टोलीले उनलाई गाँजा सहित पक्राउ गरेको थियो । गाँजा भण्डारण गरेको आरोपमा लागू औषध कसुर सम्बन्धी ऐन २०३३ को दफा ४ (क) अनुसार २०७७ भदौ ४ गते उनीविरुद्ध जिल्ला अदालतमा मुद्दा परेको थियो ।

पक्राउ परे लगत्तै झण्डै ३ महिना पुर्पक्षका लागि थुनामा बसेपछि धरौटीमा रिहा भएका थिए । घर्ती गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित भएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस