इजरायल युद्धमा फसेकी अभिनेत्री नुसरत भरुचालाई उद्दारपछि मुम्बई लैजाने तयारी  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

इजरायल युद्धमा फसेकी अभिनेत्री नुसरत भरुचालाई उद्दारपछि मुम्बई लैजाने तयारी 


२१ आश्विन २०८०, आइतबार


काठमाडौँ । हमास विद्रोहीको शक्तिशाली आक्रमणपछि इजरायलको परिस्थिति कठिन बनेको छ । घटनामा ३०० इजरायली र २३० जनाभन्दा बढी प्यालेस्टिनीले ज्यान गुमाएका छन् । घटनामा ११ सय जनाभन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । निमासले ज्यान जोगाउन बंकरभित्र लुक्नुपरेको जनाइएको छ ।

यस्तोमा, इजरायलको तनावबीच बलिउडलाई लिएर केही नयाँ खबर छ । हमासको आक्रमणपछि इजरायलमा बलिउड अभिनेत्री नुसरत भरुचा फसिन् । गएको शनिबार दिउँसो साढे १२ बजे नुसरतले अन्तिम पटक परिवारसँग कुरा गरेकी थिइन् । यसपछि उनलाई लिएर नयाँ खबर थिएन । पारिवारिक स्रोतका अनुसार नुसरत यतिबेला भने सम्पर्कमा आएकी छन् ।

आइतबार दिउँसो २ बजे उद्धार उडानमार्फत उनलाई मुम्बई लैजाने जनाइएको छ । नुसरतले आफू बेसमेन्टमा लुकेको बताएकी छन् ।

नुसरतको टोलीका एक सदस्यले विज्ञप्ति जारी गर्दै नुसरत इजरायलमा फसेको जनाएका थिए । हाइफा फिल्म फेस्टिभलमा सहभागी हुन नौ दिनअघि उनी भारतबाट इजरायल गएकी थिइन् । टोलीले उनीसँग शनिबार दिउँसो साढे १२ बजे अन्तिम पटक कुराकानी गरेको थियो । कुराकानीका क्रममा नुसरतले आफू

हिजोदेखि सम्पर्कका लागि प्रयास भइरहेको तर सम्पर्क हुन नसकेको टोलीले जनाएको थियो । उनको टोलीले नुसरतलाई सकुशल भारत फर्काउन हरसम्भव प्रयास गरिरहेको छ । सबैले नुसरत सकुशल फर्किआओस् भनेर प्रार्थना गरिरहेका थिए ।

यो घटनामा सात नेपाली घाइते भएको र अन्य केही पनि प्रभावित भएको नेपालको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नुसरत पछिल्लो पटक फिल्म ‘अकेली’मा देखिएकी थिइन् । फिल्मले इराक युद्धमा फसेकी एक भारतीय युवतीको कथालाई चित्रण गरेको छ । यो केटी सन् २०१४ मा इराकमा चलिरहेको गृहयुद्धमा फसेकी छिन् र त्यहाँबाट भाग्न र आफ्नो जीवन बचाउन हर सम्भव प्रयास गर्छिन् । नुसरतले भारतीय युवतीको भूमिका निर्वाह गरेकी छन् ।

फिल्मको कथामा जस्तै उनी अहिले वास्तविक जीवनमा उनी इजरायल र प्यालेस्टाइनबीचको युद्धमा फसेकी छिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस