मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज अपराह्न ३ बजे बस्दै छ । उक्त बैठकमा छलफलका लागि दुई विधेयक पेस हुने बागमती प्रदेशसभा सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।
बैठक यसअघि यही असोज १७ गते बुधबार बसेर अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको थियो ।
बागमती प्रदेशसभा चिट्ठा विधेयकले केही विवाद सिर्जना गरेको छ । सरकारले प्रस्तुत गरेको सो विधेयकलाई बैठकमा प्रतिपक्षी सदस्यले विरोध जनाउँदै आएका छन् । सदस्यलाई पूर्वजानकारी नै नदिई सरकारले सिधै बैठकमा चिट्ठा विधेयक टेबुल गर्न खोजेपछि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले विरोध गर्दै आएको हो ।
बागमती प्रदेश सभामा हाल नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपा, नेमकिपा र हाम्रो नेपाली पार्टीका गरी एक सय १० जना प्रदेशसभाका सदस्य रहेका छन् ।