इन्जिनियरिङ अध्ययन संस्थानका स्थगित प्रवेश परीक्षा कार्तिक १४ देखि सञ्चालन हुने « प्रशासन
Logo २६ आश्विन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

इन्जिनियरिङ अध्ययन संस्थानका स्थगित प्रवेश परीक्षा कार्तिक १४ देखि सञ्चालन हुने


२० आश्विन २०८०, शनिबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका स्थगित प्रवेश परीक्षा कार्तिक १४ गतेदेखि हुने भएका छन् । शैक्षिक सत्र २०८०/०८१ मा स्नातक तह (बि.ई/बि.आर्क)को गत भदौ २५ देखि सञ्चालन हुनुपर्ने प्रवेश परीक्षा स्थगित भएको थियो । 

इन्जिनियरिङ अध्ययन संस्थान प्रवेश परीक्षा बोर्डको तर्फबाट जारी सूचनामा असोज २२ गतेदेखि २४ गतेसम्म अनलाइन मार्फत प्रवेश परीक्षा फारम भर्न सकिने छ । फारम भर्न छुटेका विद्यार्थीका लागि उक्त व्यवस्था गरिएको हो । यस पटक पहिलो पटक पोखरामा पनि परीक्षा हुने बोर्डले जनाएको छ । 

इन्जिनियरिङ अध्ययन संस्थान कार्यान्वयन समितिको असोज १९ गतेको निर्णय अनुसार (४ वर्षको) धरौटी सहित नियमित तर्फ ५६ हजार ७ सय रुपैयाँ, पूर्ण शुल्कीय तर्फ ४ लाख ९० हजार रुपैयाँ र विदेशी विद्यार्थीको हकमा १३ लाख १३ हजार ५ सय रुपैयाँ शुल्क कायम गरिएको छ । सरोकारवाला निकायबिच भएको छलफल अनुसार नयाँ शुल्क निर्धारण परीक्षा सञ्चालन गर्ने सहमति भएको बोर्डका एक अधिकारीले जानकारी दिए । यसअघि शुल्क वृद्धिको विषयलाई लिएर विवाद भएपछि परीक्षा अनिश्चित बनेको थियो । 

इन्जिनियरिङ अध्ययन संस्थान प्रवेश परीक्षा बोर्डका पदाधिकारी लगायत पुलचोक इन्जिनियरिङ क्याम्पसका निमित्त प्रमुखसहित प्राज्ञिक र प्रशासनिक सबै विभागका प्रमुखले सामूहिक राजीनामा दिएपछि प्रवेश परीक्षा स्थगित भएको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस