२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘कैद मिनाहा दिने कानुनी व्यवस्था गलत’

अ+ अ-

काठमाडौँ । काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले अदालतबाट दोषी ठहर भएकाहरूलाई सत्ताको आडमा कैद मिनाहा दिने कानुनी व्यवस्था गलत भएको बताएका छन्।

काँग्रेस झापाको जिल्ला सम्मेलनलाई आज दिउँसो सम्बोधन गर्दै महामन्त्री शर्माले कानुनी शासन भएको लोकतान्त्रिक मुलुकमा सत्ताको दुरुपयोग गरेर कैद मिनाहा गर्ने प्रचलन बढ्दै जाँदा जनतामा असन्तुष्टि बढेको बताए।

“सोझै नेताहरूले राष्ट्रपति प्रयोग गरेर कैदमा आममाफी दिनु गलत हो”, महामन्त्री शर्माले भने, “माफी नै दिनुपर्दा पीडित परिवारको सहमतिमा मात्र दिइने कानुनी व्यवस्था हुनुपर्छ।” उनले पीडित परिवारको सहमतिबेगर कुनै पनि आममाफी दिन नहुने बताए।

साउदी अरबजस्ता मुलुकमा मृत्युदण्ड घोषणा भइसकेका अभियुक्तलाई समेत आममाफी दिने चलन रहेको चर्चा गर्दै महामन्त्री शर्माले भने, “त्यहाँ मृत्युदण्डको फैसला भइसकेका व्यक्तिलाई पनि ‘ब्लड मनी’ का आधारमा सजायबाट माफी दिने चलन नभएको होइन। तर, त्यो ‘ब्लड मनी’ स्वीकार गर्ने कि नगर्ने भन्ने कुरा राजकीय सत्ताले होइन, पीडित परिवारले निर्णय गर्छ।”

भ्रष्टाचारविरुद्धको फाइल खोलेर गठबन्धन सरकारले राम्रो कार्य गरेको बताउँदै महामन्त्री शर्माले सरकारले राम्रो काम गर्दा समर्थन र नराम्रो काम गरे विरोध जनाउने नीति लिएको स्पष्ट पार्नुभयो। उनले शिक्षा विधेयकमा सरकारले कमजोरी गरेको हुँदा अब नेपाल शिक्षक महासङ्घसँग भएको सहमतिको हुबहु पालना गर्दै संशोधनसहित विधेयक सदनमा ल्याउन सरकारलाई आग्रह गरे।

सोही कार्यक्रममा काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पूर्वी नेपालमा हिंसा र अशान्तिको गन्ध आउन थालेको भन्दै चिन्ता व्यक्त गरे। उनले काँग्रेस सरकारमा हुँदा मुलुकमा शान्ति स्थापना हुने र सरकारको नेतृत्वमा नहुँदा हिंसाका घटना बढ्ने गरेको जिकिर गरे।  

प्रतिक्रिया दिनुहोस