एसियाली खेलकुद : महिला भलिबलमा नेपालको सान्त्वना जित « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एसियाली खेलकुद : महिला भलिबलमा नेपालको सान्त्वना जित


२० आश्विन २०८०, शनिबार


काठमाडौँ । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत नेपालले महिला भलिबलमा सान्त्वना जित हासिल गरेको छ । नेपालले मङ्गोलियालाई ३-२ सेटले पराजित गरेको हो । जितसँगै नेपाल जारी प्रतियोगितामा ११औँ स्थानमा रहन सफल भएको छ । महिला भलिबलमा १३ मुलुक सहभागी भएका थिए ।

आजको खेलमा पहिलो सेट मङ्गोलियाले २५-१७ अङ्कले जित्यो । दोस्रो सेटमा भने नेपाल २५-१८ अङ्कले विजयी भयो । तेस्रो सेटमा पनि नेपाल २५-२१ अङ्कले विजयी बन्यो । चौथो सेटमा मङ्गोलियाले नेपाललाई २५-१८ अङ्कले उछिन्यो । अन्तिम सेटमा नेपाल १५-१२ अङ्कले विजयी बन्यो ।

यसअघि शुक्रबार भएको खेलमा नेपाल हङकङसित ३-० को सोझो सेटमा पराजित भएको थियो । हङकङले नेपाललाई २५-२२, २५–१६ र २५-१८ अङ्कले पराजित गरेको थियो । यस्तै बुधबार भएको खेलमा नेपाल भारतसित ३–१ सेटले पराजित भएको थियो । भारत उक्त खेलमा २५-२३, २६-२८, २५-२३ र २५-१७ अङ्कले विजयी भएको थियो ।

यसअघि नेपाल समूह चरणको पहिलो खेलमा भियतनामसित ४-२५, १६-२५ र १३-२५ अङ्कले तथा दोस्रो खेलमा दक्षिण कोरियासित २१-२५, १४-२५ र ११-२५ अङ्कले पराजित भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस