२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थमन्त्री डा. महतद्वारा गलेश्वर आश्रमको पहिरो निरीक्षण

अ+ अ-

दमौली । अर्थमन्त्री डा. प्रकाशशरण महतले पहिरोको जोखिममा परेको तनहुँको देवघाट गाउँपालिका-५ स्थित गलेश्वर आश्रमको निरीक्षण गरेका छन् ।

आज देवघाट आइपुगेका अर्थमन्त्री डा. महतले पहिरोको जोखिममा परेको उक्त आश्रमको निरीक्षण गरेका हुन् । 

निरीक्षणका क्रममा अर्थमन्त्री महतले आश्रमका बारेमा जानकारी लिँदै पहिरो नियन्त्रणका लागि भइरहेको कामका बारेमा चासो राखेका थिए । निरीक्षणपश्चात् अर्थमन्त्री महतले पहिरो नियन्त्रणका लागि सङ्घीय सरकारकोतर्फबाट बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे । 

गत वर्ष असोजमा वेणी नजिक रहेको गलेश्वर आश्रम नजिकै पहिरो खसेपछि आश्रम जोखिममा परेको थियो । पहिरो नियन्त्रणका लागि गण्डकी प्रदेश सरकारको सहयोगमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय तनहुँले बोलपत्र (टेन्डर) प्रक्रिया सुरु गरेको जनाएको छ । 

बोलपत्रका लागि कार्यालयका तर्फबाट शुक्रबार स्थलगत अवलोकन भएको देवघाट गाउँपालिका-५ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता पूर्णबहादुर कुँवरले जानकारी दिए । उनका अनुसार गण्डकी प्रदेश सरकारको सहयोगमा रू. दुई करोड बराबरको टेन्डर आह्वान गर्ने तयारी भएको छ । 

“त्यति रकमले पुग्दैन भनेर हामीले अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छौँ”,कुँवरले भने, “उनका तर्फबाट सङ्घीय सरकारले पनि सहयोग गर्ने प्रतिबद्धता आएको छ ।” उनका अनुसार २०७२ को भूकम्पपछि थिलोथिलो बनेको यो ठाउँमा गत वर्षको पहिरो खसेको थियो । सम्बन्धित निकायले बेलैमा चासो नदिँदा गलेश्वर आश्रम नै जोखिममा परेको गुनासो छ । 

प्रतिक्रिया दिनुहोस