२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कांग्रेसलाई बाटो खुला गर्न प्रधानमन्त्रीसँग शेखरको आग्रह

अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देश अप्पठ्यारो परिस्थितिबाट गुज्रिरहेको भन्दै सरकारलाई बाटो खाली गर्न आग्रह गरेका छन् ।

कोइरालाले शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सरकार सच्चिनुपर्ने आवश्यकता औंल्याए । उनले देशमा जताततै अराजकता रहेको र अहिलेको परिस्थितिलाई कांग्रेस बाहेक अरुले सम्हाल्न नसक्ने दाबी गर्दैै बाटो खुला गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका हुन् ।

उनले भने, ‘कतै पनि कुनै पनि तरिकाले देश अगाडि बढेको छैन् । त्यसकारण यो सरकार सच्चिनु पर्यो, सच्चिन सक्दैनौँ भने छोड्न पर्यो । अरु विकल्प छैन् ।’

उनले प्रधानमन्त्रीले आगामी २०८४ को चुनावमा माओवादीलाई जिताए जातिय राज्य दिन्छु भनेको प्रसंग गैर जिम्मेवार भएको उल्लेख गर्दै सो विषय नेपाली जनताको लागि दुर्भाग्यपूर्ण भएको बताए ।

‘उहाँ यो देशको प्रधानमन्त्री होकी पार्टीको सभापति हो ? पार्टीको सभापति हो भने जे गरेपनि हुन्छ । तर, देशको प्रधानमन्त्रीले त्यस्तो गैरजिम्मेवारपूर्ण कुरा गर्न मिल्दैन् । देशको प्रधानमन्त्री विराटनगर गएर के भन्नु हुन्छ, ०८४ को चुनावमा मलाई भोट देउ, माओवादीलाई जिताउँ जातिय राज्य दिन्छु । उहाँको खल्तीबाट जातिय राज्य निकाल्दै दिने होकी, प्रधानमन्त्री जस्तो व्यक्तिबाट यस्तो गैर जिम्मेवार कुरा आउनु नेपाली जनताको लागि दुर्भाग्य हो,’ कोइरालाले भने ।

उनले देश अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको भन्दै यो अवस्थालाई सम्हाल्न र अराजकताहरुलाई समाप्त गर्न नेपाली काङ्ग्रेसले मात्रै सक्ने दाबी गरे ।

उनले भने, ‘देश अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको छ । आर्थिक, राजनीति, सामाजिक, धार्मिक र कुटनीतिक अराजकता पनि आईसकेको छ । यसलाई सम्हाल्न नेपाली काङ्ग्रेसबाहेक नेपालमा कुनै पनि लोकतान्त्रिक पार्टी छैन् । यसले यो अवस्थालाई सम्हाल्न सक्छ । नेपाली काङ्ग्रेसले मात्रै अराजकताहरुलाई समाप्त गर्न सक्छ ।’

प्रतिक्रिया दिनुहोस