बोर्डलाई सरकार मातहत नराख्न माग गर्दै आठ फिल्म संस्थाले बुझाए पत्र « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बोर्डलाई सरकार मातहत नराख्न माग गर्दै आठ फिल्म संस्थाले बुझाए पत्र


१९ आश्विन २०८०, शुक्रबार


काठमाडौँ । चलचित्र विकास बोर्डलाई सरकार मातहत राख्न नहुने भन्दै फिल्मसम्बद्ध आठ संस्थाले शुक्रबार बोर्ड अध्यक्ष भुवन केसीलाई मागपत्र बुझाएका छन् ।

चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामा बोर्ड पूर्ण स्वायत्त हुनुपर्ने माग राख्दै उनीहरूले मागपत्र बुझाएका हुन् । विधेयकलाई बोर्डको स्वायत्तता बाहिर गएर बनाएको भन्दै उनीहरू असन्तुष्ट छन् ।

चलचित्र निर्माता सङ्घ, चलचित्र सङ्घ, कलाकार सङ्घ, निर्देशक समाज, प्राविधिक सङ्घ, द्वन्द्व कलाकार सङ्घ, नृत्य सङ्घ र आदिवासी जनजाति चलचित्र महासङ्घले बुझाएको संयुक्त निवेदनमा चलचित्र विधेयकमाथि गम्भीर असहमति जनाइएको उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस