१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजावादीहरूले धार्मिक सद्भाव बिथोल्न लागेको भन्ने भनाइप्रति लिङ्देनको आपत्ति

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले राजावादीहरूले धार्मिक सद्भाव बिथोल्न लागेको भन्ने भनाइप्रति आपत्ति जनाएका छन्।

शुक्रबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाह र राजावादीहरूले लोकतन्त्र विरोधी के गतिविधि गरे ? भनी प्रश्न समेत गरे। अध्यक्ष लिङदेनले पूर्वराजा शाह र राजावादीहरूले लोकतन्त्र विरोधी गतिविधि गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न भनी दिइएको अभिव्यक्तिप्रति आक्रोश समेत व्यक्त गरे। उनले क्वीन्टलका क्विन्टल सुन तस्करी गर्ने, जघन्य अपराधमा संलग्नहरूलाई जेलबाट छोड्ने लगायतका काम लोकतान्त्रिक हो भनी सरकार र सत्तारुढ दललाई प्रश्न समेत गरे।

‘केही साथीहरूले राजावादीहरू धार्मिक सद्भाव बिथोल्न लागेका छन्। त्यसको निगरानी गर्नुपर्‍यो। राजा ज्ञानेन्द्र पनि लोकतन्त्र विरोधी गतिविधिमा संलग्न भएका छन्। उनको गतिविधिमा ध्यान दिनुपर्‍यो भनेर आग्रह गरे, अनुरोध गरे। कुन त्यस्तो गतिविधि रहेछ रु राजावादीहरूको, जसले धार्मिक सद्भाव बिथोल्न लागेको छ। र, राजा ज्ञानेन्द्रको कुन त्यस्तो गतिविधि रहेछ, जसले लोकतन्त्रलाई अवरुद्ध गरिराखेको छ। र, लोकतन्त्र विरोधी भएको छ ? म त्यसको जानकारी लिन चाहन्छु’, उनले भने, ‘त्यसको बारेमा प्रष्ट पार्न म ती वक्ता साथीहरूलाई आग्रह गर्न चाहन्छु। जघन्य अपराधका आरोपीहरूलाई जेलबाट छोड्ने, बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा बनाउने, नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने, क्विन्टलका क्विन्टल सुन तस्करी गरेर ल्याउने काम लोकतान्त्रिक हो ? म सोध्न चाहन्छु। ’

प्रतिक्रिया दिनुहोस