विश्वकप क्रिकेटमा दुई व्याटरको शतकसँगै इग्ल्याण्डमाथि न्युजिल्याण्डको सानदार जित  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

विश्वकप क्रिकेटमा दुई व्याटरको शतकसँगै इग्ल्याण्डमाथि न्युजिल्याण्डको सानदार जित 


१८ आश्विन २०८०, बिहिबार


काठमाडौँ । १३ औँ विश्वकप क्रिकेटमा न्युजिल्याण्डले इग्ल्याण्डलाई हराएको छ। साविक विजेता इग्ल्याण्डलाई साविक उपविजेता न्युजिल्याण्डले अघिल्लो पटको बदला लिदै पहिलो खेलमा ९ विकेटले हराएको हो।

यस अघि टस हारेर पहिलो ब्याटिङ गरेको इग्ल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८२ रन बनाएको थियो। जवाफमा न्युजिल्याण्डले ३६ दशमलव २ ओभरमा १ विकेट गुमाएर खेल जितेको हो।

न्युजिल्याण्डको जितमा डेभन कन्वेको १५२ रन तथा रचिन रविन्द्रको १२३  रन महत्त्वपूर्ण रह्यो। डेभन कन्वे १२१ बलमा १९ चौका र ३ छक्कासँगै १५२ रनमा नट आउट भए। त्यसैगरी रचिन रवीन्द्र ९६ बलमा ११ चौका र ५ छक्कासँगै १२३ रनमा नट आउट भए।

१ दशमलव १ ओभरमै विल योंगलाई ० रनमा गुमाएको न्युजिल्याण्डका लागि डेभन कन्वे र रचिन रविन्द्रले उत्कृष्ट प्रदर्शन गरेर टोलीलाई जित तर्फ डोराएका हुन।

इग्ल्याडका लागि सबै भन्दा बढी जो रुटले ७७ रन बनाए। त्यसैगरी कप्तान जस बटलरले ४३, जोनी बेयरस्टोले ३३ तथा ह्यारी ब्रुकले २५ रन बनाए। न्युजिल्याण्ड लागि म्याट हेनरीले १० ओभरमा ४८ रन खर्चेर सबै भन्दा बढी ३ विकेट लिए। त्यसैगरी ग्लेन फिलिप्स र मिचेल सान्टनार दुई-दुई लिए। त्यसैगरी ट्रेन्ट बोल्ट र रचिन रविन्द्रले एकरएक जनालाई आउट गरे। भोलि नेदरल्याडस र पाकिस्तानविच खेल हुनेछ। 

Tags :
प्रतिक्रिया दिनुहोस