राष्ट्रिय सभा उपाध्यक्ष अर्याल र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्रिय सभा उपाध्यक्ष अर्याल र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता


१८ आश्विन २०८०, बिहिबार


काठमाडौँ। राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्याल र चिनियाँ विदेशमन्त्री वाङ यीको भेट भएको छ । चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठ, तिब्बतका लागि नेपाली महावाणिज्यदूत नवराज ढकालसहित डेलिगेसन तहको भेट भएको हो ।

तिब्बती सहर निङ्चीमा आयोजना भएको तेस्रो चीन तिब्बत हिमालय पार अन्तर्राष्ट्रिय सहकार्य मञ्चको कार्यक्रममा आएका वाङ यी र अर्यालको साइडलाइन भेट भएको हो ।

मञ्चको उद्घाटनपछि १२ बजे भएको भेटमा दुई देशको सम्बन्ध बारेमा छलफल भएको हो । डेलिगेसन तहको भेटमा भएको छलफलमा अर्यालले अङ्ग्रेजी र चिनियाँ विदेशमन्त्री वाङ यीले चिनियाँ भाषामा सम्बोधन गरेका थिए ।

याङ यीले नेपाल र चीन पहाड हिमाल र खोलाले जोडिएको देश भएको मञ्चमा नेपाल प्राकृतिक साजेदार भएको बताए ।

वाङ यीले मञ्चको औपचारिक कार्यक्रममा सम्बोधन गर्दै हालसालै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमणमा हुँदा नेपाल चीन हरित सम्झौता भएको पनि उल्लेख गरेका थिए ।

दुई दिने विश्व मञ्चमा नेपाल, भुटान, श्रीलङ्का, चिली, नर्वे, अफगानिस्तान, पाकिस्तान, इटाली आदि देशका नेतृत्वहरूको भेला रहेको छ । सन २०१८ मा पहिलो पटक यो मञ्चको कार्यक्रम आयोजना भएको थियो ।

दोस्रो कार्यक्रम सन २०१९ मा भएको थियो। कोभिडले गर्दा कार्यक्रम चार बर्स धकेलिएर आजबाट तेस्रो पटक आयोजना भएको हो ।

मञ्चको उद्घाटन अगाडिको साँझ आयोजना भएको कार्यक्रममा पोखराको पर्यटन गीत प्रस्तुत गरिएको थियो । पोखरा र तिब्बती सहर नाङ्चीको भगिनी सम्बन्ध भएकोले प्रस्तुति भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस