माधव नेपालले भने-भारतले मिचेको भूमि फिर्ता गर्नुपर्छ, चीनले चुच्चे नक्सा स्विकार्नुपर्छ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

माधव नेपालले भने-भारतले मिचेको भूमि फिर्ता गर्नुपर्छ, चीनले चुच्चे नक्सा स्विकार्नुपर्छ


१८ आश्विन २०८०, बिहिबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा वैदेशिक हस्तक्षेप बढ्न थालेको बताएका छन् ।

रौतहटबाट समाजवादी जागरण अभियानको पाँचौँ दिनको अभियानको सुरु गर्नुअघि पत्रकारसँगको कुराकानीमा उनले सीमा विवाद वार्ताबाट समाधान गर्नुपर्ने बताए ।

नेपालले भने, ‘लिम्पियाधुरा, कालापानी र समेटिएको नेपालको नक्सालाई भारतले मान्नु पर्दछ । हाम्रो भूमि फिर्ता गर्नुपर्छ । चीनले पनि हाम्रो नयाँ नक्सालाई मान्यता दिनुपर्दछ ।’

श्रमजीवी जनताको हितका लागि र समग्र देशको हितको लागि सदन र सरकारको मोर्चामा सङ्घर्ष गरिरहेको उनको भनाइ थियो ।

नेपालले भने, ‘पुँजीपतिको स्वार्थमा मात्र नीति नबनोस् भनेर हामीले प्रधानमन्त्रीलाई भनिरहेका छौँ । त्यसका लागि हामीले सङ्घर्ष गरिरहेका छौँ । हामी अहिले मोर्चा र गठबन्धनलाई छोडेर जानेवाला छैनौँ ।’

उनले अहिले देशको अर्थतन्त्रमा सङ्कट देखा परेकोबारे पनि प्रधानमन्त्रीलाई तत्काल समाधानको लागि पहल गरेको बताए । नेपालले मिटरव्याजपीडितको पक्षमा पार्टी दृढ भएर लागिरहेको समेत बताए ।

उनले गुन्डा नाइके रिगल भनिने योग ढकाललाई आममाफी दिने सरकारको निर्णयमा आफूहरूको सहमति नभएको बताए ।

उनले भने, ‘नेपालगञ्जका एक अपराधीलाई आममाफी दिने कुरामा हाम्रो सहमति छैन । हामीसँग सरकारले कुरा गरेर जानकारी गराएको पनि छैन ।’

सामाजिक सद्भाव जोगाउने पक्षमा पार्टी दृढ रहेको नेपालले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस