२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गुणस्तरीय स्वास्थ्य सेवा सरकारको प्राथमिकतामा : स्वास्थ्यमन्त्री बस्नेत

अ+ अ-

देउखुरी (दाङ) । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्नु सरकारको प्रमुख प्राथमिकता भएको बताएका छन् ।

आज दाङको घोराहीमा राष्ट्रिय जनसङ्ख्या स्वास्थ्य सर्वेक्षण प्रतिवेदन सार्वजनिक तथा डेङ्गु तथा मातृ मृत्युदरसम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा मन्त्री बस्नेतले गरिब तथा विपन्न समुदायलाई लक्षित गरी निजी अस्पतालमा पनि निःशुल्क शय्या उपलब्ध गराइएको बताए ।

‘निजी अस्पतालले गरिब तथा विपन्नलाई दश प्रतिशत शय्या निःशुल्क छुट्ट्याउनुपर्छ, त्यसो नगरे नवीकरण हुँदैन’, मन्त्री बस्नेतले भने । उनले कुनै अस्पतालले सरकारको निर्देशन पालना नगरेको पाइए कडा कारबाही गरिने चेतावनी दिए ।

मन्त्री बस्नेतले अस्पतालमा जनशक्ति बढाउने र उपकरण थप्नका लागि आफू लागिपरेको भन्दै सरकार आधारभूत स्वास्थ्य सेवा नि:शुल्क गर्ने अभियानमा रहेको र सरकारको यस अभियानलाई सहयोग गर्न निजी अस्पताललाई आग्रह गरे ।

चिकित्सा शिक्षा विधेयक परिमार्जनको तयारी भइरहेको र त्यसमा प्रधानमन्त्री र चिकित्सा शिक्षा आयोगका अध्यक्ष पनि सकारात्मक रहेको मन्त्री बस्नेत भनाइ थियो । स्वास्थ्य सेवालाई सबैको पहुँचमा पुर्‍याउने सरकारको योजना रहेको भन्दै उनले अबको छ महिनाभित्र चिकित्सा शिक्षा विधेयक संशोधन गरेर स्वास्थ्य क्षेत्रको सुधारका लागि दरबन्दीसँगै उपकरण थप गरिने उनको भनाइ छ ।

लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री राजु खनालले प्रदेश र सङ्घीय अस्पताललाई सुविधा सम्पन्न बनाएर जनतालाई सेवा दिने लक्ष्य रहेको बताए । कार्यक्रममा लुम्बिनी प्रदेशका एक सय नौ स्थानीय तहका प्रमुख तथा स्वास्थ्य शाखा प्रमुखको सहभागिता थियो ।

यसैक्रममा मन्त्री बस्नेतले दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नवनिर्मित सुविधा सम्पन्न आकस्मिक भवनको उद्घाटन गरेका छन् । भवन उद्घाटन गर्दै मन्त्री बस्नेतले भौतिक संरचना राम्रो भएको र अब सेवा पनि राम्रो बनाउन सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस