महिला भलिबल : नेपाल भारतसँग पराजित « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

महिला भलिबल : नेपाल भारतसँग पराजित


१७ आश्विन २०८०, बुधबार


काठमाडौँ । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद (एसियाड) प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल भारतसँग पराजित भएको छ ।

भारतसँग नेपाली राष्ट्रिय महिला टोली ३-१ सेटले पराजित भएको हो ।

खेलको पहिलो सेट २५-२३ ले गुमाएको नेपालले दोस्रो खेल २६-२८ ले आफ्नो पक्षमा पार्न सफल भयो । त्यसपछिका दुई सेट नेपालले गुमायो । खेलको तेस्रो सेटमा नेपालले पुनः २५-२३ बनायो भने चौथो सेटमा भारतले २५-१७ ले सहजै आफ्नो पक्षमा पार्‍यो । यसअघि समूह चरणको खेलमा नेपाल भियतनाम र दक्षिण कोरियासँग पराजित भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस