काठमाडौँ । आज प्रि-ओपन सेसनमा नेप्से सूचक १.५३ विन्दुले बढेको छ। यससँगै सूचक १९७७.८२ अङ्कमा आएको छ।
यस अवधिमा ३ लाख ८१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १६ कम्पनीको ८ सय २९ कित्ता सेयर कारोबार भएको हो।
यस सेसनमा कुल २४ पटक सेयर कारोबार भएको हो। ५ कम्पनीको भाउ घट्दा १० वटाको मूल्य बढेको छ।
बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।