साना बचतकर्ताहरूको लगानी सुरक्षित गर्नुपर्छ : अर्थमन्त्री महत « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

साना बचतकर्ताहरूको लगानी सुरक्षित गर्नुपर्छ : अर्थमन्त्री महत


१५ आश्विन २०८०, सोमबार


काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले शेयर बजारलाई स्वास्थ्यकर बनाउन आवश्यक भएको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित धितोपत्र बजारको पूर्वाधार, उपकरण, लगानीकर्ताको व्यवहार र बजार स्थायित्व कार्यक्रममा उनले साना आम बचतकर्ताहरूको लगानी सुरक्षित गर्नुपर्ने बताए ।

‘शेयर बजारलाई स्वास्थ्यकर बनाउन जरुरी छ । आम लगानीकर्ता साना साना बचतकर्ताहरू छन् । उहाँहरूको लगानी सुरक्षित गर्न आवश्यक छ’ उनले भने ।

उनले यससम्बन्धी नियम कानुन अपुरो भएको भन्दै र त्यसलाई पूर्णता दिने काम भइरहेको बताए ।

पहिलेको तुलनामा ब्रोकरहरू बढेको कारणले प्रतिस्पर्धाको सुरुवात गर्न पर्ने आवश्यकता देखिएको उनको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस