२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ महानगरमा बढे डेङ्गीका बिरामी 

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा डेङ्गी सङ्क्रमणका बिरामी बढेका छन् । विगत एक हप्तादेखि महानगरको ३२ वटै वडामा डेङ्गीका बिरामी बढेका महानगरको स्वास्थ्य विभागले जानकारी दिएको छ । स्वास्थ्य सेवा विभागका अनुसार विगतका वर्षको तुलनामा यस वर्ष असोजको पहिलो हप्तासम्म डेङ्गीका बिरामी नगन्य मात्रामा थिए तर अहिले बिस्तारै बिरामी बढिरहेका छन् ।  

डेङ्गी सङ्क्रमण नियन्त्रणका लागि महानगरले यस वर्ष पहिलो पटक बायो लार्भीसाइड औषधि सबै वडामा छर्केर नियन्त्रण गर्ने प्रयास गरे पनि पछिल्लो समय भने डेङ्गी सङ्क्रमणका बिरामी बढिरहेको शाखाको भनाई छ । 

असोज पहिलो हप्तासम्म सबै वडामा सङ्क्रमित शून्यको अवस्थामा रहेका थिए । महानगरको तथ्याङ्कअनुसार अहिले विभिन्न वडामा गरी ३५ जना सङ्क्रमित रहेका छन् । महानगरको सबै वडामा प्रत्येक हप्ताको बुधवार बिहान ८ बजेदेखि १० बजेसम्म डेङ्गी सार्ने लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान जारी छ ।  

स्वास्थ्य प्रमुख रामप्रसाद पौडेलले लामखुट्टेबाट बच्नका लागि काम गर्दा पूरा बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न, सधैँ झुल टाँगेर मात्र सुत्न नगरवासीलाई आग्रह गरेका छन् । उनका अनुसार डेङ्गी सङ्क्रमण नियन्त्रणका लागि नगर प्रहरीमार्फत टोलटोलमा डेङ्गीबाट बच्ने सन्देशसहित माइकिङ गर्ने, प्रचारप्रसार गर्ने, वडा स्तरमा गठन भएको द्रूत प्रतिकार्य टोलीसमेत परिचालन गरिएको छ । 

प्रतिक्रिया दिनुहोस