नदीजन्य बस्तु बिक्री तथा व्यवस्थापन सम्बन्धी विधेयक चालु अधिवेशनमै ल्याउँछौँ : मन्त्री देवी « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

नदीजन्य बस्तु बिक्री तथा व्यवस्थापन सम्बन्धी विधेयक चालु अधिवेशनमै ल्याउँछौँ : मन्त्री देवी


१२ आश्विन २०८०, शुक्रबार


काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले संसदको चालु अधिवेशनमै संसदीय समितिले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनका सम्बन्धमा आवश्यक पर्ने विधेयक दर्ता गर्ने कोसिस भइरहेको बताएकी छन्।

आज प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनका सम्बन्धमा आवश्यक पर्ने विधेयक चालु अधिवेशनमै दर्ता गर्ने कोसिस भइरहेको बताएकी हुन।

उनले चालु अधिवेशनमै विधेयक दर्ता हुने विश्वास पनि व्यक्त गरिन। उनले क्रसर व्यवसायीहरूको मागप्रति सरकार चिन्तित भएको भन्दै समस्या समाधानको पहल गर्ने बताइन।

मन्त्री देवीले के–कति क्रसर उद्योगहरू आधिकारिक र अनधिकृत रूपमा चलिरहेको छन् भन्ने तथ्याङ्क समेत सरकारसँग नभएको बताइन।  

Tags :
प्रतिक्रिया दिनुहोस