१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुहिएको भेटियो खाद्य व्यवस्था कार्यालयले बिक्री गरेको चामल 

अ+ अ-

हुम्ला । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोट शाखाले हुम्लाको नाम्खा गाउँपालिका-५ मुचुगाउँका स्थानीयलाई कुहिएको चामल बिक्री गरेको पाइएको छ । केही दिनअघि लिमिटेडले सप्लायर्समार्फत काठमाडौँबाट केरुङ नाका हुँदै तिब्बती मार्गबाट हिल्सामा चामल ढुवानी गरेको थियो ।

नाम्खा-५ का पेमा आङ्मु तामाङका अनुसार आफूले खरिद गरेर लिमिटेडले ढुवानी गरेको अनुदानको चामल कुहिएको भेटिएको बताए। एक घरधुरीलाई चार बोराका दरले बिक्री गरिएको थियो । उनले त्यसमा दुई बोरा चामल कुहिएको भेटिएको बताए । उनले आफ्नो मात्र नभई धेरैजसो चामल पाएका घरपरिवारको कुहिएको चामल डल्लैडल्ला परेको भेटिएको बताए ।

२५ किलोको बोरा चामलको मूल्य दुई हजार तीन सय ७५ रुपैयाँमा किनेको र घरमा चामलको बोरा खोल्दा कुहिएको पाइएको स्थानीय जङ्ग लामाले बताए । ‘पैसा तिरिसकेका छौँ, चामल कुहिएर डल्ला परेको भेटिएको छ’, उनले भने ।

झन्डै ५० घरधुरीका नागरिकले चामल खरिद गरेकोमा धेरैजसो बोरा कुहिएको भेटिएको स्थानीयको गुनासो छ । मुचुगाउँमा लिमिटेडले बिक्री गरेको चामल कुहिएर खान नमिल्ने भएपछि बोरा खोलेर घाममा सुकाउने गरिएको छ । घरको छतमा त्रिपालमा चामलको बोरा खोलेर सुकाउँदा पनि खान नमिल्ने खालको रहेको छ ।

हिल्सा नाकामा चामल राख्ने गोदाम नहुँदा केही बोरा चौरमा पालले छोपेर राख्ने क्रममा पानी पर्दा भिजेका कारण कुहिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोट शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले बताए। काठमाडौँ-केरुङ हुँदै तिब्बती मार्गबाट हिल्सा नाकाबाट चार हजार क्विन्टल चामल ढुवानी भएको थियो । त्यसमा एक हजार क्विन्टल नाम्खा गाउँपालिकाका लागि छुट्याइएको थियो ।

यस्तै तीन हजार क्विन्टल चामल सिमकोट शाखामा आएको प्रमुख अधिकारीले बताए । उनले कुहिएको चामल फिर्ता गरेर राम्रो चामल दिने व्यवस्था गरिने बताए । चामल कुहिएको भए पैसा फिर्ता दिने पनि उनले बताए । कुहिएको चामल भने राम्रोसँग राख्न उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस