ओलीको टिप्पणी : यो सरकार रहनु देशका लागि दुर्भाग्य « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

ओलीको टिप्पणी : यो सरकार रहनु देशका लागि दुर्भाग्य


१२ आश्विन २०८०, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो सरकार रहनु देशका लागि दुर्भाग्य भएको बताएका छन् । तर काँग्रेस कुन संसारमा छ भन्ने थाहा नभएका कारण विकल्प पनि नदेखिएको उनले बताए ।

शुक्रबार विराटनगरमा विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले गठबन्धन सरकार नचलेको बताए । सरकार अपराधीको संरक्षकको रूपमा देखिएको भन्दै उनले भने, ‘यो सरकार रहनु देशका लागि दुर्भाग्य हो ।’

सरकार हटाउन पहल गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘हामी आफैँ जान चाहिरहेका छैनौँ । यो सरकार हटाउने हो भने अर्को उपयुक्त विकल्प हुने स्थिति देखिनँ ।’

प्रमुख पार्टीहरू जिम्मेवार हुँदा अर्को विकल्प हुने भए पनि काँग्रेसले यसबारे नसोचेको उनले बताए । एमाले अध्यक्ष ओलीले भने, ‘काँग्रेस कुन संसारमा छ भन्ने नै थाहा छैन । देशको अवस्थाप्रतिको गम्भीरता केही देखिन्न ।’

Tags :
प्रतिक्रिया दिनुहोस