एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस आइतबार नेपाल आउने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस आइतबार नेपाल आउने


१२ आश्विन २०८०, शुक्रबार


काठमाडौँ । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलिस अलब्राइट आइतबार काठमाडौँ आउने भएकी छन् । एमसीसीकी सिइओ एलिस काठमाडौँमा पाँच दिनसम्म रहने कार्यतालिका छ ।

अमेरिका र नेपाल सरकारबीच सम्झौतामा हस्ताक्षर भएको ६ वर्षपछि गएको १३ भदौबाट कार्यान्वयनमा गएको छ । एमसीसीकी सिइओ एलिस यसैको कार्यान्वयनमा गएको उपलक्ष्यमा नेपाल आउन लागेको काठमाडौँस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

‘एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटले नेपाल-अमेरिका बीचको द्विपक्षीय साझेदारी मनाउन र एमसीसी-नेपाल कम्प्याक्ट सम्झौताको सफल सुरुवातको उपलक्ष्यमा अर्को साता नेपाल भ्रमण गर्नुहुने भएको छ’, काठमाडौँस्थित अमेरिकी दूतावासले भनेको छ ।

दूतावासका अनुसार भ्रमणका क्रममा एमसीसीकी सिइओ एलिसले नेपाल सरकारका वरिष्ठ नेतृत्वकर्ताहरूसँग शिष्टाचार भेट गर्ने र कार्यान्वयनका अगाडिका चुनौतीहरूलाई सम्बोधन गर्न एवम् कम्प्याक्टका लाभहरू नेपालीहरूसम्म पुर्‍याउन एमसीसी दृढ साझेदारका रूपमा रहने प्रतिबद्धतामाथि जोड दिने दूतावासको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस