२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

केरा खेतीबाट मनग्य आम्दानी

अ+ अ-

कञ्चनपुर । वैदेशिक रोजगारीबाट फर्केका शुक्लाफाँटा नगरपालिका–१२ कालागौडीका मोहन राना केरा खेती गरी गतिलो आम्दानी लिन थालेका छन् ।

तीन वर्ष मलेसियामा वैदेशिक रोजगारीमा गएका राना घर फर्केर आधुनिक तरिकाले व्यावसायिकरुपमा केरा खेती गर्न थालेका हुन् । पाँच वर्षदेखि उनले केरा खेती गर्दै आएका छन् । उनले वार्षिकरुपमा रु २५ लाखदेखि रु ३० लाखसम्मको केरा बिक्री गर्दै आएका छन् । केरा बिक्रीबाट आएको रकममध्ये रु १० देखि रु १६ लाखसम्म आम्दानी हुने गरेको छ ।

केरा खेती गोडमेल गर्ने मजदुर, रासायनिक मल, सिँचाइमा गरी बाँकी रकम खर्च हुने गरेको छ । केरा खेतीका लागि छ जनालाई वर्ष भरिनै रोजगारी दिएको राना बताउछन् । छ बिघा जग्गामा रानाले जी नौ उन्नत जातको केरा खेती गरेका छन् । छ बिघा जग्गामध्ये डेढ बिघा जग्गा मात्रै रानाको आफ्नो स्वामित्वको हो । बाँकी साढे चार बिघा जग्गा रानाले प्रतिबिघा वार्षिकरुपमा रु ८० हजार तिर्ने गरी भाडामा लिएका छन् । व्यापारीले बारीमा आएर केरा खरिद गरी लैजाने गरेका छन् ।

वर्षमा उनले दश ट्रक बढी केरा बिक्री गर्दै आएका छन् । केरा थोकमा प्रतिदर्जन रु ४५ मा बिक्री हुने गरेको छ । चाड पर्वमा माग बढ्दा केरा प्रतिदर्जन रु ५० देखि रु ६० सम्म पुग्ने गर्दछ । ‘घरमा बेरोजगार हुँदा पाँच वर्षअघि गतिलो कमाइ गर्ने लक्ष्य राखेर मलेसिया पुगे’, किसान रानाले भने, ‘वैदेशिक रोजगारीमा जाँदा रु दुई लाख कर्जा लाग्यो, धेरै कमाउने लक्ष्य राखे पनि निश्चित तलब पाइन्थ्यो, त्यो तलबले घरधन्दा धान्नै मुस्किल हुन थाल्यो, लागेको कर्जामध्ये तीन वर्षमा रु ६० हजार मात्रै तिर्न सकियो, रु एक लाख ४० हजार तिर्न पाउने तलबबाट भ्याएन ।’

खाना खर्च, लत्ताकपडामै सबै रकम सिद्धिने गरिएको उनले बताए । ‘बाँकी रहेको रु आठ हजार घर उनी पटाउँथे । त्यो रकम घर खर्चमै सकिन्थ्यो । सोचेको पूरा नभएपछि जेनतेन तीन वर्ष पूरा गरी राना घर फर्किए । कर्जा लिएर वैदेशिक रोजगारीमा गएको रकम माग्न साहुले निकै दबाब दिन थाले । कर्जाको रकम तिर्ने कुनै उपाय नभएपछि स्वामित्वको जग्गामा रानाले केरा खेती गर्न थाले । ‘चार कट्ठा जग्गामा पहिलो वर्ष केरा लगाए’, उनले भने, ‘दाजुले घरमै केही केराका बोट रोपेका थिए, त्यही बोट बारीमा व्यवस्थित तरिकाले लगाएर रु एक लाख ८० हजार जति आम्दानी भयो ।’

पहिलो वर्षको केरा खेतीको कमाइले कर्जा तिर्न भ्याइएपछि स्वामित्वको डेढ बिघा जग्गामा केरा खेतीलाई विस्तार गरेपछि उनले दोस्रो वर्ष रु १५ लाख बढीको केरा बिक्री गर्न भ्याए । ‘केरा खेतीबाट गतिलो आम्दानी हात लाग्न थालेपछि अरूको जग्गा लिजमा लिन थाले’, रानाले भने, ‘त्यसपछि आम्दानी बढ्दै गयो, आम्दानी हुन थालेपछि घरका सबै जनाले केरा खेतीमा सघाउ पुर्‍याउन थालेका छन् ।’

केरा खेतीमा लागेका किसान रानालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत रु छ लाख अनुदान रकमसमेत उपलब्ध गराइएको छ । मुर्रा भैँसीको फार्म खोल्ने र केरा खेतीलाई अझै विस्तार गर्ने भावी योजना रानाले बनाएका छन । राना भन्छन्, ‘वैदेशिक रोजगारीभन्दा घरमै बसी उद्यम गरे तेब्बर बढी आम्दानी गर्न सकिन्छ, लगनशीलता, परिश्रम र निरन्तरता बनाउन सक्नुपर्छ, थोरै पुँजीबाट बिस्तारै धेरै ठूलो व्यवसाय सञ्चालन गर्न सकिन्छ, त्यसका लागि धैर्यता आवश्यक छ ।’

वडाध्यक्ष नवलसिंह राना मोहनले गरेको प्रगतिबाट पाठ सिक्दै अन्य युवाले वैदेशिक रोजगारीमा जानुभन्दा स्वदेशमै बसेर व्यावसायिक कार्यमा संलग्न हुनुपर्ने बताउँछन् । नगरपालिकाको कृषि शाखाका प्रमुख करनसिंह बुढाऐर मोहन नगरपालिका क्षेत्रकै व्यावसायिकरुपमा केरा खेती गरी बढी आम्दानी लिने किसानका रूपमा रहेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस