आज सुनको मूल्य १४ सयले घट्यो « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

आज सुनको मूल्य १४ सयले घट्यो


११ आश्विन २०८०, बिहिबार


काठमाडौँ । सुनको मूल्य आज १ हजार ४ सय रुपैयाँले घटेको छ ।

आज सुनको मूल्य तोलामा १ लाख ९ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो पनि सुनको मूल्य तोलामा आठ सय रुपैयाँले घटेको थियो । केही दिनयता सुनको मूल्य लगातारजसो घटिरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी आज १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस